
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले जित निकालेको छ ।
मुम्बईमा बिहीबार राति बैंगलोरले शीर्ष स्थानको गुजरात टाइटन्सलाई ८ विकेटले हराएको हो ।
गुजरातले दिएको १ सय ६९ रनको लक्ष्य बैंगलोरले १८ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।
यस अघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६८ रन जोडेको थियो ।
यस जितसँगै बैंगलोरले प्ले अफ पुग्ने सम्भावना जीवित राखेको छ ।
बैंगलोर १४ खेलमा १६ अंक जोडेर चौंथो स्थानमा उक्लिएको छ ।
गुजरात प्ले अफ पुगिसकेको छ ।
शीर्ष स्थानको गुजरातले १४ खेलमा २० अंक जोडेको छ ।