०१ साउन २०८३, शुक्रबार

विरगञ्जको मेयरमा सिंहको अग्रता कायमै, कसको मत कति ?

विरगञ्जको मेयरमा सिंहको अग्रता कायमै, कसको मत कति ?

स्थानीय तह निर्वाचन अन्तर्गत जारी मतगणनामा विरगञ्ज महानगरपालिकाको मेयरमा  जनता समाजवादी पार्टीका राजेशमान सिंहले अग्रता कायम राखेका छन् ।

हाल ४३ हजार ८ सय मत गणना भएकोमा सिंहले २२ हजार १०१ मतसहित अग्रता कायम राखेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सरावगीले ११ हजार ४२२ मत पाएका छन् ।

सरावगीसँग सिंहले १० हजार ६७९ मतान्तर कायम राखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्