
रुपन्देहीको सियारी गाउँपालिका नेकपा एमालेबाट कांग्रेसले खोसेको छ । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
अध्यक्षमा कांग्रेसका जिल्ला उपसभापतिसमेत रहेका थानेश्वर घिमिरे १० हजार ४५ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी निर्वतमान गाउँपालिका अध्यक्षसमेत रहेका एमालेका उम्मेदवार अयोध्या थारुले ७ हजार २६८ मत मात्र ल्याउन सके ।
यस्तै उपाध्यक्षमा कांग्रेसका तारा थारु ८ हजार ९९० मत ल्याई विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी अमृता गुरुङले ७ हजार २६९ मत प्राप्त गरिन् । त्यसैगरी वडा नम्बर १ मा राप्रपाका अरुणकुमार शाही १ हजार ७९ मत ल्याई विजयी भएका छन् । वडानम्बर २ मा एमालेका जनार्दन यादव १ हजार ३०८ मत ल्याइ विजयी भएका छन् ।
वडा नम्बर ३ मा कांग्रेसका रामचन्द्र कुर्मी विजयी भएका छनन् । वडा नम्बर ४ मा कांग्रेसकै श्रीराम यादव, वडा नम्बर ५ मा कांग्रेसकै धनपति खरेल विजयी भएका छन् । वडा नम्बर ६ मा एमालेका शेरबहादुर गुरुङ वडा नम्बर ७ मा कांग्रेसका दीपकबहादुर शाही भएका छन् ।