जेठ १०, २०७९
निजीक्षेत्रले नेपाली नागरिकलाई विदेशमा लगानी गर्न अनुमति दिनुपर्ने माग गर्दै आइरहेका बेला एक जना उच्च अधिकारीले नेपालीलाई विदेशमा लगानी गर्नमा लगाइएको प्रतिबन्ध अविलम्ब हटाउनुपर्नेमा जोड दिएका छन् । नेपा...
स्थानीय तह निर्वाचन सम्पन्न भएको आज आठौं दिन हो तर देशका सुविधा सम्पन्न स्थानीय तहको रूपमा चिनिएको काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भरतपुर र विराटनगरसहितका ठूला सहरका रूपमा चिनिएको महानगरहरूको अन्तिम मत परिणाम निर्वाचन सम्पन्न भएको ८औं दिनमा पनि आएको छैन ।
देशका ७५३ स्थानीय तहमा एकैपटक नयाँ नेतृत्व चयनका लागि वैशाख ३० गते भएको निर्वाचनमा १ लाख ४५ हजार ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तीमध्ये ३५ हजार २२१ जना चुनिनेछन् ।
शुक्रवार राति अबेरसम्म ७५३ स्थानीय तहमध्ये ६७० स्थानीय तहको अन्तिम परिणाम आएको छ । तीमध्ये ८५ प्रतिशत बढी स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ सम्पन्न गरी शुक्रवारबाटै जिम्मेवारीसमेत सम्हालेका छन् ।
परिणाम घोषणा हुन बाँकी स्थानीय तहका उम्मेदवार प्रतीक्षामै छन् । देशका ६ महानगर र ११ उपमहानगरमध्ये काठमाडौं, ललितपुर सहितका केहीमा मतगणना कछुवा गतिमा छ ।
संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहमा जनप्रतिनिधि रिक्त भइसकेका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा देशभर निर्वाचित भएका ३५ हजार २२१ जनप्रतिनिधिको पदावधि शुक्रवारबाटै सकिएको हो । उनीहरूका स्थानमा जनप्रतिनिधि पूर्ति हुन अझै केही दिन लाग्ने देखिन्छ ।
२०७४ वैशाख ३१, असार १४ र असोज २ गते गरी ३ चरणमा निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन कानूनमा भएको व्यवस्थाअनुसार स्थानीय तहमा निर्वाचित सबै जनप्रतिनिधिको कार्यकाल एकैपटक सकिन्छ । आयोगले ती फरक–फरक मितिमा निर्वाचित जनप्रतिनिधिको पदावधि सकिने मिति जेठ ५ गतेलाई मान्दै आएको थियो ।
संविधानको धारा २१५ को उपधारा ६ मा भने गाउँपालिकार्को अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यको पदावधि निर्वाचित भएको मितिले ५ वर्षको हुने उल्लेख छ ।
धारा २१६ को उपधारा ६ मा नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यको पदावधि निर्वाचित भएको मितिले ५ वर्षको हुनेछ भन्ने उल्लेख छ ।
संविधानका यी दुवै धारामा भएका व्यवस्थाअनुसार २०७४ मा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि पदबाट बिदा भएका हुन् ।
आयोगका सूचना अधिकारी तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले शुक्रवार साँझसम्म करीब ९० प्रतिशत स्थानीय तहको अन्तिम परिणाम आएको र बाँकीमा पनि मतगणना छिटो सम्पन्न गर्न निर्देशन भएको जानकारी दिए ।
उनका अनुसार अछामको साँफेबगर नगरपालिकामा शुक्रवार मात्रै मतदान भएको छ । बाजुराको बूढीगंगा र उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना शुरू गर्ने विषयमा विवाद हुँदा अझै पनि गणना शुरू हुन सकेको छैन ।
कानूनअनुसार निर्वाचित भएपछि स्थानीय तहका प्रमुख र अध्यक्षले जिल्ला न्यायाधीशबाट शपथ गर्ने व्यवस्था छ । त्यसपछि स्थानीय तहका प्रमुखले उपप्रमुखसहित सदस्यहरूलाई तथा र अध्यक्षले उपाध्यक्षसहित सबै निर्वाचित सदस्यहरूलाई शपथ गराउनुपर्छ ।
काठमाडौं महानगरपालिका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले जनशक्ति अभाव र सिमित स्थानका कारण मत गणनालाई सोचेजति तीव्र बनाउन नसकिएको बताए ।
‘मतगणनाको प्रक्रिया झन्झटिलो छ, ठाउँ सीमित छ, जनशक्ति कम छ, त्यसकारण मत गणनालाई सोचेजति तीव्रता दिन सकिएको छैन,’ काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृत खतिवडाले भने ।
ललितपुरका मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले पनि सीमित स्थान, गणकका लागि अवश्यक जनशक्तिको अभाव र दलका प्रतिनिधि वा स्वतन्त्र उम्मेदवारका प्रतिनिधिलाई १/१ गरी मतपत्र देखाउनुपरेका कारण गणनामा ढिलाइ भएको बताउँदै आएका छन् ।
प्रमुख पदका उम्मेदवारको अन्तिम परिणाम आएपछि मात्र उनीहरूको शपथपछि अन्य निर्वाचित जनप्रतिनिधिहरूको शपथका लागि बाटो खुल्नेछ । राजधानीमा खबर छ ।
निजीक्षेत्रले नेपाली नागरिकलाई विदेशमा लगानी गर्न अनुमति दिनुपर्ने माग गर्दै आइरहेका बेला एक जना उच्च अधिकारीले नेपालीलाई विदेशमा लगानी गर्नमा लगाइएको प्रतिबन्ध अविलम्ब हटाउनुपर्नेमा जोड दिएका छन् । नेपा...
३० वैशाखमा स्थानीय तहको मतदान सम्पन्न भएर मत गणना सम्पन्न हुँदै गर्दा प्रमुख राजनीतिक दलहरू जिल्ला समन्वय समिति गठनको जोडघटाउमा लागेका छन् । स्थानीय तहको परिणाम आइसेकपछि जिल्लाको समन्वय गर्न जिल्ला समन्वय स...
३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा देशभरमा १३ पालिकाको प्रमुखसहित ३ सय ८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनमा राजनीतिक दलबाट टिकट नपाएर बागी उठेका देखि समाजमा आन्दोलनको नेत...
‘मर्निङ सोज द डे’ भन्ने भनाइलाई धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ)ले चरितार्थ गर्न थालेका छन् । सडक अभियानबाट एकाएक मेयर बन्न पुगेका हर्कले पदबहाली गरेलगत्तै पहिलो दिन बुधबार धरानी जनता...
आउँदो मनसुनमा नेपालमा प्राकृतिक विपतबाट १७ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । सरकारले तयार पारेको मनसुन प्रतिक...
काठमाडौँ महानगरपालिकाका उपप्रमुख पदका उम्मेदवार रामेश्वर श्रेष्ठले मतगणना निर्देशिकामा संशोधन हुनुपर्ने माग गर्दै निवेदन दर्ता गराएका छन् । नेकपा (एकीकृत समाजवादी)बाट उम्मेदवार भएका उनी स्थानीय तह निर्वाचनमा...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...
बजेट आमनेपालीको भान्छादेखि दराजको वजनसम्ममा जोडिन्छ । बजेटले आमनागरिकमाथि खेलबाड गर्यो भने त्यो क्षम्य हुँदैन । बजेटले हामीसामु सौभाग्य ल्यायो या दुर्भाग्य, अथवा यो बजेटले कसलाई किन पिरोलिरहेको ...