×

NMB BANK
NIC ASIA

शुरू भयो पढाइ, विद्यार्थी भने रित्तै

जेठ ७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भए पनि विद्यार्थीका हातमा कहिलेसम्म पाठ्यपुस्तक पुग्छ भन्ने अझै निश्चित छैन । स्कुल गएको पहिलो दिन नै पुस्तक पाइसक्नुपर्नेमा अहिलेसम्म विद्यार्थी पुस्तकविहीन छन् । सरकारी र निजी दुवैतर्फबाट उहिल्यै छापिनुपर्ने पाठ्यपुस्तक अझै छापिएका छैनन् ।

Muktinath Bank

पुस्तक छाप्ने बेलामा सरकारी निकाय जनक शिक्षा सामग्री केन्द्र स्थानीय तह निर्वाचनको मतपत्र छपाइमा व्यस्त रहेकाले यस्तो अवस्था आएको हो । त्यस्तै निजी प्रकाशकले पनि कागजको मूल्य बढेको भन्दै पाठ्यपुस्तक छाप्न आनकानी गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समस्या समाधानका लागि प्रभावकारी कदम चाल्न सकेको छैन । यस्तो समस्या हरेक वर्ष दोहोरिँदै आएको भन्दै सरोकारवालाले आपत्ति जनाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले सामुदायिक र निजी दुवै विद्यालयमा पाठ्यपुस्तकको चरम अभाव छ । वैशाखदेखि नै विद्यार्थी विद्यालय जान थालेका छन् तर पुस्तक पाएका छैनन् । जनक शिक्षाले यस वर्षका लागि कक्षा ४ देखि १० सम्मका विद्यार्थीको पाठ्यपुस्तक छाप्ने जिम्मा पाएको छ । बाँकी कक्षाका पुस्तक छाप्ने जिम्मा निजी मुद्रकलाई दिइएको छ । केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यका अनुसार कक्षा ४ देखि १० सम्मका विद्यार्थीका लागि करिब एक करोड ८५ लाख थान पाठ्यपुस्तक छाप्नुपर्ने छ ।


Advertisment
Nabil box
Kumari

अहिलेसम्म एक करोड ५० लाखको हाराहारीमा मात्रै पाठ्यपुस्तक छपाइ भएको केन्द्रले दाबी गरेको छ । तर केन्द्रको दाबीमा पनि पत्याउने भरपर्दो आधार छैन, किनभने उपत्यकाका विद्यार्थीका हातमा समेत अहिलेसम्म पाठ्यपुस्तक पुगेको छैन । त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले शुक्रबारसम्म कुनै पनि कक्षाको पाठ्यपुस्तक नआएको बताउँदै भने, “अर्को साताबाट पुस्तक वितरण हुन्छ भन्ने हल्ला सुनेको छु तर विश्वास लागेको छैन ।”

Vianet communication
Laxmi Bank

तत्काल पाठ्यपुस्तक आउने छाँट नदेखेपछि अघिल्लो वर्षका विद्यार्थीको पाठ्यपुस्तक खोजेर पढाइलाई निरन्तरता दिएको कँडेलले बताए । जनक शिक्षाका तीनवटा छापाखानाबाट अहिले पाठ्यपुस्तक छपाइ भइरहेको छ । ती सबै छापाखानाको दैनिक पाठ्यपुस्तक छपाइ क्षमता एक लाख २५ हजार थान जति छ । छपाइ अवस्था हेर्दा बाँकी पाठ्यपुस्तक छाप्न कम्तीमा पनि जेठभर लाग्छ ।

पाठ्यक्रम विकास केन्द्रले सरकारी तथा निजी मुद्रकहरूलाई गएको माघ–फागुनमा मात्र प्रिन्ट रेडी कपी (पीआरसी) उपलब्ध गराएको थियो । केन्द्रले उपलब्ध गराएको पीआरसीबाट पाठ्यपुस्तक छपाइ गर्नुपर्ने हुन्छ । यसले गर्दा पनि पाठ्यपुस्तक छपाइमा समस्या भएको गुनासो मुद्रकहरूको छ ।

यसै वर्षदेखि कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक परिवर्तन भएको छ । ती पाठ्यपुस्तक छपाइ गर्न झन् धेरै समय लाग्ने हुनाले विद्यार्थीको पढाइमा नकारात्मक प्रभाव पर्ने देखिन्छ । धादिङको सल्यान्टारस्थित सल्यान्टार माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक भवराज पाण्डेले भने, “विगतमा अवस्था सहज हुँदा त विद्यार्थीले भर्ना हुने वित्तिकै पुस्तक पाउँदैनथे । यो पटक त झन् निर्वाचनको बहाना बनाउन पाइने हुनाले पुस्तक वितरणमा अझै समस्या पर्ने देखिन्छ ।”

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्ष जेठ १ गतेबाट पठनपाठन थाल्ने निर्णय गरेको थियो । शिक्षामन्त्री देवेन्द्र पौडेलले गत पुसमा जनक शिक्षामा अनुगमन गरी समयमै पाठ्यपुस्तक छपाइ सक्न निर्देशन दिएका थिए  । नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले एक महिना ढिलो पढाइ सुरु गर्दा पनि निर्वाचनको बहाना बनाएर पाठ्यपुस्तक छपाइलाई तीव्रता दिन नसक्नु विद्यार्थीको पढाइप्रतिको असंवेदनशीलता हो भन्ने स्पष्ट भएको बताए । उनले निर्वाचन हुने र पुस्तक छपाइ प्रभावित हुनसक्ने थाहा हुँदाहुँदै पनि बेलैमा तयारी गर्न नसक्नु मन्त्रालयको कमजोरी रहेको उल्लेख गरे ।

केन्द्रले छापेको पाठ्यपुस्तक हुम्ला, जुम्ला, मुगुलगायत कर्णाली प्रदेशका जिल्लामा विशेष प्राथमिकता दिएर पठाइरहेको छ । जनक शिक्षाका सूचना अधिकारी चित्र आचार्यले जनक शिक्षाको धनगढी, नेपालगन्जलगायत नौवटा प्रादेशिक कार्यालयमार्फत पनि वितरण भइरहेको जानकारी दिए ।

उनले कागज अभावका कारण पनि पाठ्यपुस्तक छपाइ प्रभावित भएको दाबी गर्दै भने, “विगतमा कागज अभाव पनि भयो । त्यसमाथि कागजमा चर्को मूल्यवृद्धि भयो र त्यसको असर पाठ्यपुस्तक छपाइमा पर्‍यो ।” सरकारले यसै वर्षदेखि कक्षा १ देखि ९ सम्म रङ्गीन पाठ्यपाठ्यपुस्तक छाप्न शुरू गरेको छ । कक्षा १० देखि १२ सम्मको पाठ्यपुस्तक भने श्यामश्वेतमा छापिनेछ । पाठ्यपुस्तक छपाइमा हुँदै आएको अनियमितताबारे गत २०७८ साल वैशाखमा पाठ्यक्रम विकास केन्द्रले अनुगमन समिति गठन गरी छानविन गरेको थियो । गोरखापत्र दैनिकमा सूर्यप्रसाद पाण्डेले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x