०२ साउन २०८३, शनिबार

काठमाडौं अपडेटः बालेनको मत ३४ हजार कट्यो, केशव र सिर्जनाको कति ?

काठमाडौं अपडेटः बालेनको मत ३४ हजार कट्यो, केशव र सिर्जनाको कति ?

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ३४ हजारभन्दा बढी मत ल्याएका छन् । 

९३ हजार ६४७ मत गन्दा बालेनले ३४ हजार १३० मत ल्याएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १८ हजार ५४७ मत ल्याएका छन् । केशवसँग बालेनको १५ हजार ५८३ मतान्तर छ । 

यस्तै सत्ता गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले १८ हजार ४२९ मत पाएकी छन् ।

सिर्जना र केशवबीचको अन्तर भने मात्र ११८ छ । 

salt training

कमेन्ट गर्नुहोस्