११ साउन २०८३, सोमबार

एक वर्षमा तीन खर्बले घट्यो बजार पुँजीकरण

जेठ ८, २०७९
एक वर्षमा तीन खर्बले घट्यो बजार पुँजीकरण

चालू आर्थिक वर्षको चैत मसान्तमा धितोपत्र बजार पुँजीकरण ३४ खर्ब २६ अर्ब ११ करोड रुपैयाँ पुगेको छ ।

२०७७ चैत मसान्तमा बजार पुँजीकरण ३७ खर्ब ५८ अर्ब ९७ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा  अवधिमा  नेपाल  स्टक  एक्सचेन्ज  लिमिटेडमा सूचीकृत कम्पनीको सङ्ख्या २२९ पुगेको छ । सूचीकृत कम्पनीमध्ये १४५ बैङ्क तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४७ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, छ लगानी कम्पनी, पाँच होटल, चार व्यापारिक संस्था र तीन अन्य समूहका रहेका छन् । २०७७ चैतमा सूचीकृत कम्पनीको सङ्ख्या २१८ थियो । यस्तै सूचीकृत कम्पनीमध्ये बैङ्क तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६७.६ प्रतिशत रहेको छ ।

त्यसैगरी  जलविद्युत्  कम्पनीको  हिस्सा  १०.२  प्रतिशत, लगानी कम्पनीको ७.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४ प्रतिशत, होटलको हिस्सा १.६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा  अन्य  समूहका  कम्पनीको  हिस्सा  ९.१  प्रतिशत  रहेको छ ।

नेपाल  स्टक  एक्सचेन्जमा  २०७८  चैतसम्ममा  सूचीकृत छ अर्ब ६८ करोड शेयर को चुक्ता मूल्य छ खर्ब ५८ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । आव २०७८/७९ को नौ महिनासम्ममा ५४ अर्ब ५० करोड रुपैयाँ बराबरको विकास ऋणपत्र, ४९ अर्ब १६ करोड रुपैयाँ बराबरको डिबेन्चर, ४७ अर्ब ९६ करोड रुपैयाँ बराबरको बोनस शेयर , १८ अर्ब नौ करोड रुपैयाँ बराबरको साधारण शेयर , नौ अर्ब ३१ करोड रुपैयाँ बराबरको हकप्रद शेयर र तीन अर्ब ७५ करोड बराबरको म्युचुअल फन्ड गरी कुल १८२ अर्ब ७६ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले चार अर्ब ८० करोड रुपैयाँ बराबरको डिबेन्चर, तीन अर्ब ७९ करोड बराबरको साधारण शेयर , तीन अर्ब ४६ करोड रुपैयाँ  बराबरको  हकप्रद  शेयर  र  तीन  अर्ब  रुपैयाँ  बराबरको म्युचुअल फन्ड गरी कुल १५ अर्ब पाँच करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्