×

NMB BANK
NIC ASIA

एक वर्षमा तीन खर्बले घट्यो बजार पुँजीकरण

जेठ ८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

चालू आर्थिक वर्षको चैत मसान्तमा धितोपत्र बजार पुँजीकरण ३४ खर्ब २६ अर्ब ११ करोड रुपैयाँ पुगेको छ ।

Muktinath Bank

२०७७ चैत मसान्तमा बजार पुँजीकरण ३७ खर्ब ५८ अर्ब ९७ करोड रुपैयाँ रहेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समीक्षा  अवधिमा  नेपाल  स्टक  एक्सचेन्ज  लिमिटेडमा सूचीकृत कम्पनीको सङ्ख्या २२९ पुगेको छ । सूचीकृत कम्पनीमध्ये १४५ बैङ्क तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४७ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, छ लगानी कम्पनी, पाँच होटल, चार व्यापारिक संस्था र तीन अन्य समूहका रहेका छन् । २०७७ चैतमा सूचीकृत कम्पनीको सङ्ख्या २१८ थियो । यस्तै सूचीकृत कम्पनीमध्ये बैङ्क तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६७.६ प्रतिशत रहेको छ ।


Advertisment
Nabil box
Kumari

त्यसैगरी  जलविद्युत्  कम्पनीको  हिस्सा  १०.२  प्रतिशत, लगानी कम्पनीको ७.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४ प्रतिशत, होटलको हिस्सा १.६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा  अन्य  समूहका  कम्पनीको  हिस्सा  ९.१  प्रतिशत  रहेको छ ।

Vianet communication
Laxmi Bank

नेपाल  स्टक  एक्सचेन्जमा  २०७८  चैतसम्ममा  सूचीकृत छ अर्ब ६८ करोड शेयर को चुक्ता मूल्य छ खर्ब ५८ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । आव २०७८/७९ को नौ महिनासम्ममा ५४ अर्ब ५० करोड रुपैयाँ बराबरको विकास ऋणपत्र, ४९ अर्ब १६ करोड रुपैयाँ बराबरको डिबेन्चर, ४७ अर्ब ९६ करोड रुपैयाँ बराबरको बोनस शेयर , १८ अर्ब नौ करोड रुपैयाँ बराबरको साधारण शेयर , नौ अर्ब ३१ करोड रुपैयाँ बराबरको हकप्रद शेयर र तीन अर्ब ७५ करोड बराबरको म्युचुअल फन्ड गरी कुल १८२ अर्ब ७६ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले चार अर्ब ८० करोड रुपैयाँ बराबरको डिबेन्चर, तीन अर्ब ७९ करोड बराबरको साधारण शेयर , तीन अर्ब ४६ करोड रुपैयाँ  बराबरको  हकप्रद  शेयर  र  तीन  अर्ब  रुपैयाँ  बराबरको म्युचुअल फन्ड गरी कुल १५ अर्ब पाँच करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x