
काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’ले ४० हजार भोट कटाएका छन् ।
आइतवार मध्याह्नसम्म १ लाख १२ हजार ४४२ मतगणना सम्पन्न हुँदा साहले ४० हजार ३ मत प्राप्त गरेका छन् । २२ हजार ७९४ मतसहित नेपाली कांग्रेसकी सिर्जना सिंह दोस्रो स्थानमा छिन् ।
शनिवारसम्म बालेनसँग प्रतिस्पर्धा गरेका नेकपा एमालेका केशव स्थापित तेस्रो स्थानमा झरेका छन् । स्थापितले २२ हजार ९५ मत प्राप्त गरेका छन् । सिर्जनासँग बालेनको मतान्तर १७ हजार २५४छ ।
काठमाडौं महानगरको १ लाख १२ हजार ४४२ मतगणना सम्पन्न भइसकेको छ भने ७८ हजार ७४४ मत गन्न बाँकी छ ।