२४ असार २०८३, बुधबार

पोखरा अपडेट- धनराज आचार्य ३४३७ मतले अघि

पोखरा अपडेट- धनराज आचार्य ३४३७ मतले अघि

स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत गत वैशाख ३१ गतेदेखि पोखरा महानगरपालिकाको मतगणना शुरू भएकामा हालसम्म एक लाख १२ हजार ५८० मत गनेर सकिएको छ । 

सो मतपरिणामअनुसार सत्ता गठबन्धनबाट प्रमुखका उम्मेदवार नेकपा(एकीकृत समाजवादी)का धनराज आचार्यले आफ्नो अग्रतालाई कायमै राखेका छन् । 

आचार्य अहिलेसम्म ३४३७ मतले अघि छन् । 

आचार्यले ४५ हजार २७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का कृष्णबहादुर थापाले ४१ हजार ५९० मत ल्याएका छन् । 

यसैगरी महानगरको उपप्रमुखमा भने नेकपा(एमाले)का उम्मेदवार मञ्जुदेवी गुरुङको अग्रता छ । गुरुङले ४७ हजार ३२४ मत प्राप्त गरी अग्रता बनाउँदा उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कोपिला रानाभाटको ४४ हजार ९६४ मत रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्