
काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहको मत ४२ हजार ९०२ पुगेको छ ।
हालसम्मको मतगणना अनुसार बालेनले निकटतम प्रतिस्पर्धी सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठभन्दा १८ हजार ३५ मत बढी ल्याएका छन् ।
उम्मेदवार सिर्जनाले २४ हजार ८६७ मत पाएकी छन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापित तेस्रो नम्बरमा पुगेका छन् । स्थापितले २३ हजार ९८५ मत पाएका छन् । मतगणना जारी छ ।