जेठ १३, २०७९
काठमाडौं ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहँदा सत्तारूढ नेपाली कांग्रेसबाहेकका सबै दलले अपेक्षा गरेअनुसार मतपरिणाम नआएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् । कांग्रेसले स्थानीय तहको ...
स्थानीय तह निर्वाचन सम्पन्न भएर मतगणना जारी छ ।
अधिकांश पालिकामा मतगणना सम्पन्न भएर निर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हालिसकेका छन् ।
सार्वजनिक भएको केही मत परिणाम निकै रोचक देखिएका छन् । कतै १ मतले त कतै २ मतले उम्मेदवार विजयी भएका छन् । यस्तै कतै मतबराबर भएपछि गोलाप्रथाको ‘भाग्य’ले समेत उम्मेदवार विजयी भएका छन् । प्रतिस्पर्धी उम्मेदवारबीच मत बराबर भएपछि गोलाप्रथाबाट उम्मेदवार विजयी भएको घोषणा गरिएको छ ।
३० वैशाखमा सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनिक भइरहेको छ । यो समाचार तयार पर्दासम्म ७ सय २० पालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ । बाँकी रहेका पालिकामा मतगणना भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
मधेस प्रदेशको सर्लाहीको बहरनाथ नगरपालिका–४ मा दुई जना प्रतिस्पर्धीबीच बराबर मत आएपछि गोला तानेर निर्वाचित प्रतिनिधि चयन गरिएको छ । सो वडाको अध्यक्षमा नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारको मत बराबर आएको थियो ।
एमालेका कृष्णकुमार साह र कांग्रेसका लखेन्द्र महतोले समान ३ सय ४ मत ल्याएका थिए । त्यसपछि निर्वाचितको टुंगो गोला तानेर लगाइएको हो । गोला तान्दा भने एमालेका साह भाग्यमानी साबित भए र पाँच वर्षका लागि वडा अध्यक्ष चुनिए । आयोगले साहलाई विजयी भएको घोषणा ग¥यो ।
त्यस्तै, सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको वडा नम्बर २ र ६ मा वडा अध्यक्ष गोलाप्रथाबाट चुनिएका छन् । वडा नम्बर २ को वडाअध्यक्षमा कांग्रेसका छविलाल न्यौपाने र नकेपा माओवादी केन्द्रका पुरुषोत्तम सापकोटाको मत बराबरी आयो ।
अध्यक्षमा कांग्रेसका न्यौपाने गोला तान्दा विजयी बने । दुवै जनाले समान ४ सय ९५ मत ल्याएपछि गोलाप्रथाबाट विजयी भएको घोषणा गरिएको हो । निर्वाचन आयोगले गोलाप्रथाबाट चुनिएका जनप्रतिनिधिलाई एक मत बढाएर राखेको छ ।
त्यस्तै बफेली गाउँपालिकाकै ६ नम्बर वडाको अध्यक्षका लागि एमालेका तेजबहादुर पराजुली र माओवादी केन्द्रका चित्रबहादुर तामाङ उम्मेदवार बनेका थिए । गोलाप्रथाबाट भने अध्यक्षमा एमालेका पराजुली चुनिएका छन् । दुवै जनाले समान ५ सय ८७ मत ल्याएका छन् ।
महोत्तरीको बर्दिबास नगरपालिकाको वडा नम्बर ७ र ८ मा पनि गोलाप्रथाबाट वडाअध्यक्ष विजयी भएको घोषणा गरिएको छ । वडा नम्बर ७ मा स्वतन्त्र उम्मेदवार रामस्वगारथ यादव र माओवादी केन्द्रका सुरेन्द्रकुमार सिंह काइरीले बराबर ७ सय २६ मत ल्याएका छन् । गोलाप्रथाबाट भने स्वतन्त्रबाट उम्मेदवार रहेका यादव विजयी घोषणा भए ।
वडा नम्बर ८ मा पनि वडा अध्यक्षका दुई उम्मेदवारले बराबरी मत आएपछि गोला तानेर टुंगो लगाइएको थियो । माओवादी केन्द्रका शमशेर सिंह र एमालेका रुद्रबहादुर किंगरिंग मगरले समान ७ सय ६७ मत पाएका थिए । गोला तान्दा माओवादीका शमशेर विजयी भएका छन् । राजधानी दैनिकमा सुभाष साहले खबर लेखेका छन् ।
काठमाडौं ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहँदा सत्तारूढ नेपाली कांग्रेसबाहेकका सबै दलले अपेक्षा गरेअनुसार मतपरिणाम नआएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् । कांग्रेसले स्थानीय तहको ...
काठमाडौँ महानगरपालिकाका उपप्रमुख पदका उम्मेदवार रामेश्वर श्रेष्ठले मतगणना निर्देशिकामा संशोधन हुनुपर्ने माग गर्दै निवेदन दर्ता गराएका छन् । नेकपा (एकीकृत समाजवादी)बाट उम्मेदवार भएका उनी स्थानीय तह निर्वाचनमा...
अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य अचाक्ली बढेर नेपालमा पनि त्यसको चाप परेपछि सरकार पेट्रोलियम पदार्थको मूल्य घटाउने र उपभोग कम गर्ने दोहोरो दबाबमा परेको छ । नेपाल आयल निगमले एक सातामा न...
स्थानीय तहका जनप्रतिनिधि सहकारीको सञ्चालक हुन नपाउने भएका छन्। हालै सम्पन्न निर्वाचनमा सहकारी सञ्चालक उल्लेख्य मात्रामा निर्वाचित भएका छन्। अब उनीहरूले तत्काल राजीनामा दिनुपर्ने भएको छ। सहकारी विभागले बिहीबार एक...
३० वैशाखमा स्थानीय तहको मतदान सम्पन्न भएर मत गणना सम्पन्न हुँदै गर्दा प्रमुख राजनीतिक दलहरू जिल्ला समन्वय समिति गठनको जोडघटाउमा लागेका छन् । स्थानीय तहको परिणाम आइसेकपछि जिल्लाको समन्वय गर्न जिल्ला समन्वय स...
नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमप्रति चर्काे आलोचना गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा सुरु भएको छलफलमा भाग लिने क्रममा बिहीबार ३ घ...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...