३१ असार २०८३, बुधबार

डीआईजी पूजा सिंह प्रशासनतर्फ पहिलो एआईजी महिला बन्ने

डीआईजी पूजा सिंह प्रशासनतर्फ पहिलो एआईजी महिला बन्ने

प्रहरी नायव महानिरीक्षक (डीआईजी) पूजा सिंह प्रशासनतर्फ पहिलो महिला प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बन्ने भएकी छन् । 

गृह मन्त्रालयको आज (सोमवार) बसेको बढुवा समिति बैठकले डीआईजी सिंहसहित ५ जनालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको छ ।

यससँगै प्रहरीको इतिहासमा सिंह प्रशासनतर्फ एआईजी बन्ने पहिलो महिला हुने भएकी छन् । सिफारिस भएको एक साताभित्र उनीविरुद्ध कुनै उजुरी नपरे र समितिको सिफारिसलाई मन्त्रिपरिषद्ले सदर गरे नेपाल प्रहरीको इतिहासमा सिंह एआईजी बन्नेछिन् ।

salt training

कमेन्ट गर्नुहोस्