
प्रहरी नायव महानिरीक्षक (डीआईजी) पूजा सिंह प्रशासनतर्फ पहिलो महिला प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बन्ने भएकी छन् ।
गृह मन्त्रालयको आज (सोमवार) बसेको बढुवा समिति बैठकले डीआईजी सिंहसहित ५ जनालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको छ ।
यससँगै प्रहरीको इतिहासमा सिंह प्रशासनतर्फ एआईजी बन्ने पहिलो महिला हुने भएकी छन् । सिफारिस भएको एक साताभित्र उनीविरुद्ध कुनै उजुरी नपरे र समितिको सिफारिसलाई मन्त्रिपरिषद्ले सदर गरे नेपाल प्रहरीको इतिहासमा सिंह एआईजी बन्नेछिन् ।