११ साउन २०८३, सोमबार

बिवाईडी नेपालको ब्रान्ड एम्बेस्डर बने हरिवंश आचार्य

बिवाईडी नेपालको ब्रान्ड एम्बेस्डर बने हरिवंश आचार्य

नेपालका लागि बिवाईडी अटो उद्योग कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स् इन्क प्रालिले ब्रान्ड एम्बेस्डरमा वरिष्ठ कलाकार हरिवंश आचार्यलाई नियुक्त गरेको छ । 

नेपालमा विद्युतीय गतिशीलता प्रवद्र्धन गर्न दुवै पक्षबीच बिवाईडी डिलर मिट–२०७९ को अवसर पारी आइतवार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त अवसरमा वरिष्ठ हास्य कलाकार आचार्यले अहिलेको अवस्थाले ईभीमा स्विच गर्नुपर्ने आवश्यकतालाई स्पष्ट रूपमा चित्रण गरेको बताए । 

‘विश्वव्यापी रूपमा मानिसहरूले इन्धनबाट चल्ने कारहरू प्रभावकारी नभएको र यो पृथ्वीकै लागि एक ठूलो खतरा भएको महसुस गरिरहेका छन्,’ उनले भने,‘सडकमा सफा सवारीहरूको संख्या बढाउने प्रयासमा सामेल हुन पाउँदा म धेरै खुसी छु,’ ।

जलविद्युत् उत्पादनको सम्भाव्यतासँगै विद्युतको प्रयोग देशको अर्थतन्त्र र दिगोपनमा अत्यावश्यक हुने र राष्ट्रका आम जनतामा यस बारे थप चेतना जगाउनका लागि वरिष्ठ कलाकार आचार्यले प्रमुख भूमिका निर्वाह गर्ने कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्