२२ असार २०८३, सोमबार

मकवानपुरमा ४२२ किलो गाँजा बरामद

मकवानपुरमा ४२२ किलो गाँजा बरामद

मकवानपुर प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिका–३ बायोखोलास्थित डाँडाबास–पालुङबाट प्रहरीले ४२२ किलो गाँजा बरामद गरेको हो । 

इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले सडक किनारमा रोकिराखेको ना६ख ३२४३ नम्बरको मिनि ट्रकबाट गाँजा बरामद गरेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । चौध बोराभित्र २८ प्याकेटमा गाँजा राखेको फेला परेको हो । घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्