३० जेठ २०८३, शनिबार
स्थानीय चुनाव

एमालेलाई स्तब्ध तुल्याउँदै भरतपुरको मेयरमा रेनु दाहाल विजयी

एमालेलाई स्तब्ध तुल्याउँदै भरतपुरको मेयरमा रेनु दाहाल विजयी

एमालेलाई फेरि एकपटक स्तब्ध तुल्याउँदै भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल विजयी भएकी छन् ।

महानगरपालिकामा खसेको कुल मतमध्ये ११ हजार १७३ मत गन्न बाँकी हुँदै दाहाल भारी मतका साथ मेयर पदमा विजयी सुनिश्चित भएकी हुन् । 

पछिल्लो मत परिणामअनुसार दाहालले १ लाख १६ हजार ६६६ मतगणना हुँदा ४७ हजार ४० मत पाएकी छन् भने एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदीले ३५ हजार ५८३ मत पाएका छन् । यी दुई उम्मेदवारबीचको मतान्तर ११ हजार ५४७ रहेको छ ।

अब बाँकी गन्न सबै मत विजय सुवेदीले पाएपनि रेनुले जित्ने निश्चित भइसकेको हो । अघिल्लो चुनावमा पनि रेनुसँग एमालेका उम्मेदवार देवी ज्ञवाली पराजित भएका थिए ।  भरतपुरमा कुल  १ लाख २७ हजार ८३९ मत खसेको थियो । 

यसैगरी उपमेयरमा पनि काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारी भारी मतका साथ विजयी सुनिश्चित भएको छ । भरतपुरमा सत्ता गठबन्धनका दुबै उम्मेदवार विजयी भएका हुन् ।  

भरतपुरमा सत्ता गठबन्धन एकातिर र एमाले र राप्रपाबीचको गठबन्धन अर्कोतिर थियो । निर्वाचन अधिकृतको कार्यालयले मतगणना सकिएपछि विजेताको औपचारिक रुपमा घोषणा गर्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्