×

NMB BANK
NIC ASIA

अञ्चल अस्पतालका डाक्टरले संचालन गरेको नर्सिङ्ग होम अबैध रहेको ठहर

कात्तिक २०, २०७४

NTC
Premier Steels
जनकपुरधाम ३ साउन -जनकपुर अञ्चल अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा.रामपरिक्षण यादवले संचालन गरेको निजी अस्पताल कृष्णा नर्सिङ्ग होम अबैध रहेको ठहर भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय धनुषा र जिल्ला प्रशासन कार्यालय धनुषाले गरेको छानविनबाट उक्त अस्पताल अबैध रहेको ठहर भएको हो । आवश्यक कारवाहीका लागि प्रक्रिया पनि अगाडी वढेको छ ।

३ बैशाख २०७४ मा लोकान्तर डटकमले जनकपुरमा अबैध अस्पतालको विगविगी भन्ने शिर्षकमा डा.यादवले संचालन गरेको नीजि अस्पताल कृष्णा नर्सिङ्ग होम अबैध रहेको समाचार प्रकाशित भएको थियो । त्यसपछि जनकपुरका स्थानीय संचार माध्यमहरु र केही राष्ट्रिय संचार माध्यमहरुमा पनि उक्त समाचार प्रकाशित भएपछि प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईले छानविन अगाडी वढाएका थिए ।

१४ बैशाख २०७४ मा जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईले नर्सिङ्ग होम संचालन गर्न पाएको अनुमति पत्र, मापदण्ड प्रक्रिया सम्बन्धि कागजात, कति बेडको नर्सिङ्ग होम संचालन गर्न अनुमति पाएको हो, त्यस नर्सिङ्ग होममा के कुन दर्ताको के कति कर्मचारीहरु कार्यरत छन्, सो को नाम नामेसी सहितको विवरण सम्बन्धि कागजात, घरेलु उद्योगमा दर्ता छ, छैन, जनस्वास्थ्य कार्यालयमा दर्ता छ, छैन, भ्याट तिरेको छ, छैन, तिरेको भए सो सम्बन्धि आवश्यक कागजात, नेपाल सरकारले स्वीकृत गरेको मापदण्ड बमोजिम नर्सिङ्ग होम संचालनार्थ भवन छ, छैन, के कुन साईजको कति कोठाहरु छन्, प्रयोगशाला छ, छैन, भए के कुन साईजको कोठामा संचालन छ लगायतका प्रश्नहरु सहित आवश्यक कागजात र प्रमाण सहित उपलब्ध गराईदिन कृष्णा नर्सिङ्ग होम प्रा.लि.लाई निर्देशन दिएको थियो ।

कृष्णा नर्सिङ्ग होमबाट प्राप्त भएको कागजातहरु नेपाल सरकारले तोकेको अनुसार संचालन भएको छ, छैन भन्ने कुराको छानविन गरी राय सहितको प्रतिवेदन ३ दिन भित्र पठाईदिन जिल्ला प्रशासन कार्यालय धनुषालाई २४ बैशाख २०७४ मा पत्राचार गरेको थियो ।

२९ बैशाख २०७४ मा जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका बरिष्ठ जनस्वास्थ्य प्रशासन सच्चिदानन्द देवले छानविन गरी प्रतिवेदन पेश गर्न जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत मुन्द्रिका प्रसाद ठाकुर, तथ्याङ्क अधिकृत उमाशंकर यादव र मेडिकल ल्याव टेक्निसियन अधिकृत रोहित यादवलाई निर्देशन दिएका थिए । उक्त टोलीले छानविन गर्दा कृष्णा नर्सिङ्ग होम अबैध रहेको ठहर गरेको हो ।

टोलीको प्रतिवेदन

जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका ३ जना अधिकृतहरुको छानविन समितिहरुले कृष्णा नर्सिङ्ग होम प्रा.लि.को अनुगमन गर्दा अनुगमनको क्रममा नर्सिङ्ग होम संचालनको अनुमति पत्र स्वास्थ्य सेवा विभागबाट २० असोज २०५३ को निर्णयानुसार १ बर्षको लागि मात्र अस्थायी सिफारिस दिइएको पाइएको भेटिएको छ ।

स्वास्थ्य संस्था स्थापना संचालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धि निर्देशिका २०७० अनुसार कुनै पनि संस्थालाई नियमितता दिनलाई प्रत्येक बर्ष नविकरण समयमै गराउनुपर्ने निर्देशिकामा प्रष्ट उल्लेख छ ।
उक्त निर्देशिका अनुसार कुनै कारणबस नविकरणका लागि अवधि भित्रै निवेदन पेश गर्न नसकेको भनि कारण खोलाई थप ६ महिना भित्र निवेदन पेश गरेमा दोब्बर दस्तुर लिई नविकरण गरिदिने व्यवस्था छ । साथै उक्त अबधि भित्र नविकरणका लागि निवेदन पेश नगर्दा स्वतः संचालन अनुमति खारेज हुने निर्देशिकामा प्रष्ट लेखिएको छ ।

अनुगमनको क्रममा कृष्णा नर्सिङ्ग होमको सम्बन्धमा जिल्ला जनस्वास्थ्य कार्यालय धनुषामा कुनै रेकर्ड नपाइएको टोलीका एक सदस्यले बताए । क्लिनिक संचालन सम्बन्धमा स्वास्थ्य संस्था संचालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धि निर्देशिका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाबाट संचालन अनुमति लिई मात्र संचालन गर्न पाईने व्यवस्था रहेकोमा विना अनुमति संचालन गरेको पाइएको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका छानविन टोलीले २ जेष्ठ २०७४ मा जिल्ला जनस्वास्थ्य कार्यालय धनुषालाई प्रतिवेदन पेश गरेको थियो ।

त्यसपछि सोही व्यहोराको छानविन गरी प्रतिवेदन पेश गरेको भन्दै ३ जेष्ठ २०७४ मा जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका कार्यालय प्रमुख तथा बरिष्ठ जनस्वास्थ्य प्रशासक सच्चिदानन्द देवले जिल्ला प्रशासन कार्यालय धनुषालाई प्रतिवेदन बुझाएको थियो ।

१२ जेष्ठ २०७४ मा जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईले १२ जेष्ठ २०७४ मा उक्त प्रतिवेदनको व्यहोरा सहित कृष्णा नर्सिङ्ग होम संचालन गर्न वा बन्द गर्न उपयूक्त हुन्छ, राय सहित खोलाई पठाईदिन स्वास्थ्य सेवा विभाग टेकु काठमाण्डौलाई अनुरोध गर्दै पत्राचार गरेका थिए ।
त्यसपछि ३१ जेष्ठ २०७४ मा स्वास्थ्य सेवा विभागले विभागको व्यवस्थापन महाशाखालाई उक्त अबैध कृष्णा नर्सिङ्ग होमलाई आवश्यक कारवाही गरी प्रतिवेदन पेश गर्न निर्देशन गरेको थियो । उक्त निर्देशन सहितको पत्राचारको बोदार्थ जिल्ला प्रशासन कार्यालय धनुषालाई पनि गरिएको थियो ।

स्वास्थ्य सेवा विभागले जनकपुर अञ्चल अस्पतालका कार्यालय प्रमुख समेत रहेका मेडिकल सुप्रिटेन्डेन्ट डा.रामपरिक्षण यादवको स्वामित्वमा संचालित रहेको उक्त अबैध कृष्णा नर्सिङ्ग होमलाई हालसम्म कारवाही गरी बन्द नगराइएकोमा जनकपुरका सरोकारवालाहरु असंतुष्ट देखिएका छन् । स्थानीय प्रशासन र जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाले समेत छानविन गरी उक्त नर्सिङ्ग होम अवैध रहेको ठहर गरिसकेपनि कारवाही नहुनुले स्थानीय नगरवासीले आशंका गरेका छन् ।

यो पनि पढ्नुस
जँचाउन जाँदै हुनुहुन्छ भने होसियार ! अवैध अस्पतालको विगविगी [लोकान्तर खोज]

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x