
आज (बुधवार)देखि प्रसारण हुने भनिएको टेलिभिजन कमेडी शो ‘कमेडी हब’ अर्को सातादेखि प्रसारणमा आउने भएको छ ।
जेठ १८ गतेदेखि मात्र शो प्रसारणमा आउने यसका निर्देशक हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले जानकारी दिए । उनले फेसबुकमा लेखेका छन्, ‘आजदेखि प्रसारण हुने भनिएको ‘कमेडी हब’ १८ गते मात्र प्रसारण हुने जानकारी गराउनु पर्दा दुःख लागेको छ । १८ गते राति ८ बजे एपी वान टीभी ।’
निर्देशक घिमिरेले प्राविधिक तयारी नपुगेकाले शोको प्रसारण पूर्वनिर्धारित मितिबाट पछि सार्नुपरेको बताए ।
डेढ दर्जन हास्य कलाकारहरूलाई लिएर मिडिया हबले कार्यक्रम प्रसारणमा ल्याउन लागेको हो । हास्य कलाकार राजाराजेन्द्र पोखरेलको परिकल्पना रहेको कमेडी शो आउँदो बुधवारदेखि राति ८ बजे प्रसारण हुनेछ ।
शोमा माग्ने बुढा, राजा राजेन्द्र पोखरेल, सुबोध गौतम, कमेडी च्याम्पियन हिमेश पन्तसहित डेढ दर्जन हास्य कलाकारहरूको प्रस्तुति रहनेछ ।