
विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका सेन्ट लरेन्स कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र अर्का एक शिक्षकलाई बर्खास्त गरिएको छ ।
काठमाडौं चावहिलमा रहेको कलेजमा कक्षा ११ मा पढ्ने विद्यार्थीलाई 'सेक्स पार्टनर' बन्न भनेपछि विद्यार्थीहरूले आन्दोलन गरेका थिए । त्यसलगत्तै प्रहरीले अधिकारीलाई नियन्त्रणमा लिएको थियो ।
कलेज प्रशासनले विद्यार्थीका अभिभावकलाई राखेर दुर्व्यवहार गर्ने शिक्षकलाई प्रहरीमा बुझाएको बताएको छ ।