२८ जेठ २०८३, बिहीबार

क्वाड शिखर सम्मेलन चलिरहँदा रुसी र चिनियाँ सैन्य विमानले गरे संयुक्त अभ्यास

जेठ ११, २०७९
क्वाड शिखर सम्मेलन चलिरहँदा रुसी र चिनियाँ सैन्य विमानले गरे संयुक्त अभ्यास

रुस र चीनका सैन्य विमानहरूले जापाननजिक मंगलवार संयुक्त अभ्यास गरेका छन् । 

क्वाड मुलुकका सरकारप्रमुखहरूको शिखर सम्मेलन टोक्योमा चलिरहेको बेलामा उक्त अभ्यास गरिएको जापानको रक्षा मन्त्रालयले जनाएको छ । यो उत्तेजक गतिविधि भएको जापानी रक्षामन्त्री नोबुओ किशीले बताए । 

‘चीन र रुसका दुई–दुईवटा बमवर्षक विमान जापान सागरमा भेटेर संयुक्त रूपमा पूर्वी चीन सागर पुगेका छन्,’ किशीले पत्रकारहरूलाई बताए । 

ती विमानहरू जापानको हवाई क्षेत्रमा प्रवेश नगरेको जानकारी उनले दिए । 

चीन र रुसका विमानहरू आएपछि जापानले आफ्नो हवाईक्षेत्र नजिक युद्धविमानहरू पठाएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्