३१ असार २०८३, बुधबार

विष्णु पौडेलले भने- अब गठबन्धनको ओरालो यात्रा शुरू हुन्छ

विष्णु पौडेलले भने- अब गठबन्धनको ओरालो यात्रा शुरू हुन्छ

नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अब गठबन्धनको ओरालो यात्रा शुरू हुने बताएका छन् । 

बुधवार न्युज एजेन्सी नेपालगसँग कुरा गर्दै उनले आगामी निर्वाचनमा गठबन्धनको पटाक्षप हुने बताएका हुन् । उनले आगामी निर्वाचनपछि नेकपा(एमाले)को नेतृत्वमा सरकार बन्ने कुरालाई कसैले रोक्न नसक्ने दाबी पनि गरे । 

‘सारा दल एकातिर हुँदा पनि नेकपा(एमाले)को श्रेष्ठतालाई कसैले खण्डित गर्न सकेको छैन,’ उनले भने, ‘निर्वाचन परिणामका हिसाबले, निर्वाचित भएका पदाधिकारी सदस्य संख्याको हिसाबले एमाले दोस्रो भएको होला । जनमतको हिसाबले, संगठनात्मक शक्तिको हिसाबले एमालेलाई चुनौती दिने तागत कसैसँग छैन ।’
 

salt training

कमेन्ट गर्नुहोस्