
जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्रको पक्षमा नेपाली कांग्रेसले विजय जुलुस निकालेको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्रबाट जितेका मनोजकुमार साह सुडीको पक्षमा कांग्रेसले विजय जुलुस निकालेको हो ।
प्रमुखमा जितेका सुडी कांग्रेसका बागी उम्मेदवार थिए । कांग्रेसबाट उपप्रमुखमा किशोरी साह विजयी भएका छन् ।
नेपाली कांग्रेस धनुषाले निकालेको विजय जुलुसमा उपप्रमुख साहसहित कांग्रेसबाट जितेका वडाध्यक्षहरूका साथै प्रमुख जितेका सुडी पनि सहभागी भएका छन् ।
नेपाली कांग्रेसको मधेश प्रदेशका संसदीय दलका नेता तथा भौतिक पूर्वाधारमन्त्री रामसरोज यादव पनि उक्त जुलुसमा सहभागी भएका थिए ।