२८ असार २०८३, आइतबार

पाँचौं अन्तर्राष्ट्रिय एकीकरण –यालीमा नेपालले पहिलोपटक सहभागिता जनाउँदै

कात्तिक २०, २०७४
पाँचौं अन्तर्राष्ट्रिय एकीकरण –यालीमा नेपालले पहिलोपटक सहभागिता जनाउँदै

स्पेन, ३ साउन — विश्वका पाँच महादेशका एक सयभन्दा बढी देशहरूको पाँचौं अन्तर्राष्ट्रिय एकीकरण –यालीमा नेपालले पहिलोपटक सहभागिता जनाउँदैछ ।


हरेक वर्ष झैं यही जुलाई २२ अर्थात् साउन ७ गते शनिवार स्पेनको पर्यटकीय शहर बार्सिलोनाको टुरिज्मो एसोसियन ईक्कोटोरियन कातालान सरकारको (अजिनामेन्तो) र कामारेरा इन्टरनेसल दे कोमेरसियोको संयुक्त आयोजनामा फोरम पार्क बार्सिलोनामा भव्य कार्यक्रम हुँदैछ ।

एकदिने पाँचौं अन्तर्राष्ट्रिय एकीकरण –यालीमा विभिन्न देशका मौलिकता झल्कने कला, संस्कृति, भेषभूषा, विभिन्न परिकारको खाना लगायतको स्टल रहने नेपाल सरकारका मानार्थ पर्यटक दूत दीपक खरेलले लोकान्तरलाई बताए ।

कार्यक्रममा नेपालले नेपाली स्टलहरूबाहेक फूटबलमा आफ्नो प्रदर्शन गर्नेछ ।

पर्यटक दूत खरेलले भने, ‘राष्ट्रको प्रतिनिधित्व हुने भएकाले यो –यालीमा नेपालको सहभागिता जनाउनका लागि लामो संघर्षपछि अवसर प्राप्त भएको छ । राष्ट्र चिनाउने काममा हामी नेपाली कहिल्यै पछि पर्दैनौं ।’

खरेल बताउँछन्, ‘हामी नेपाली जहाँ पुग्छौं, त्यहाँ नेपाल राष्ट्रको झल्को दिनु हामी नेपालीको कर्तव्य हो । त्यसैले हाम्रो पहिचान विश्वसामु उदाहरणीय राष्ट्रका रूपमा रहेको छ ।’

पाँचौं अन्तर्राष्ट्रिय एकीकरण –यालीमा नेपालले आफ्नो कला, संस्कृति, भाषा र विभिन्न परिकारको स्टलका अलावा नेपाल चिनाउने नेपाली पुस्तक, पर्यटकीय क्षेत्रका तस्वीरहरू लगायत विभिन्न झाँकी प्रदर्शन गर्ने मानार्थ पर्यटक दूत खरेलले बताए ।

कार्यक्रममा नेपाली गीत संगीत पनि गुन्जनेछ ।

दश हजारभन्दा बढी पर्यटक तथा स्पेनवासीको कार्यक्रममा सहभागिता रहने आयोजकले जनाएको छ । उक्त एकदिने –यालीबाट संकलित रकम दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा औषधि, खाद्यान्न लगायत कुरामा सहयोग गर्ने योजना रहेको पनि खरेलले बताए ।

स्पेनका विभिन्न भागहरूमा बस्ने सबै नेपालीहरू एक दिनका लागि आफ्नो मौलिक नेपाली पोशाकमा उपस्थित भइदिन पनि आयोजकहरूले आग्रह गरेका छन् ।

कार्यक्रममा १२ वर्षभन्दा मुनिका बालबालिकाहरूलाई प्रवेश निःशुल्क रहेको छ भने अन्यलाई ७ युरो रहेको मानार्थ दूत खरेलले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्