२५ जेठ २०८३, सोमबार

मूल्यवृद्धि विरुद्धको आन्दोलनमा अनेरास्ववियु नेता पौडेल सहित ४ जना गिरफ्तार

मूल्यवृद्धि विरुद्धको आन्दोलनमा अनेरास्ववियु नेता पौडेल सहित ४ जना गिरफ्तार

सरकारले गरेको मूल्यवृद्धि विरुद्ध नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आज हेटौंडामा गरेको गरेको छ ।

आन्दोलनका क्रममा अनेरास्ववियु स्थायी कमिटी सदस्य सन्तोष पौडेल सहित जिल्ला कमिटी उपाध्यक्ष भुवन मैनाली,  जिल्ला कमिटी सचिव पुस्कर तिम्ल्सिना र युवा संघ नेता रजकुमार घिमिरेलाई प्रहरीले  गिरफ्तार गरेको हो  । 

सरकारले  गत आइतवारबाट पेट्रोल र डिजेलमा प्रतिलिटर १०/१० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डरमा २०० रुपैयाँले मूल्य बढाएसँगै अनेरास्ववियुले हेटौंडामा मूल्यवृद्धि विरुद्ध निरन्तर आन्दोलन गरिरहेको छ  ।

त्यसै अनुरुप आज पेट्रोलियम पर्दाथमा मूल्यवृद्धि विरुद्ध हेटौंडा २ स्थित  मकवनापुर बहुमुखी क्याम्पस सडकमा सरकारी सवारीलाई आवतजावतमा रोक लगाउने क्रममा विद्यार्थी नेताहरूलाई प्रहरीले पक्राउ गरेको हो । 

अनेरास्ववियु जिल्ला अध्यक्ष बिशाल पौडेलका अनुसार  मूल्यवृद्धि विरुद्धको कार्यक्रम अन्तर्गत जिल्लामा सरकारी सवारीहरुलाई आवतजावतमा रोक लगाइएको थियो ।

प्रहरीले विद्यार्थी नेताहरूलाई पक्राउ गर्नुअघिसम्म १० वटा सवारी साधनहरूलाई नियन्त्रणमा लिएको र नियन्त्रणमा लिएको सवारीको चाबी प्रहरीमा बुझाउने कार्यक्रम रहँदै गर्दा विद्यार्थी नेताहरू पक्राउ परेको उनले जानकारी दिए ।

उनले यथाशीघ्र विना सर्त नेताहरूको रिहाइको माग गरे ।  

salt training

कमेन्ट गर्नुहोस्