१३ असार २०८३, शनिबार

प्रशान्त क्षेत्रमा चीनको प्रभाव बढ्दै गएपछि आत्तियो न्युजील्यान्ड

जेठ १२, २०७९
प्रशान्त क्षेत्रमा चीनको प्रभाव बढ्दै गएपछि आत्तियो न्युजील्यान्ड

न्युजील्यान्डकी प्रधानमन्त्री जासिन्दा आर्डर्नले प्रशान्त महासागरको सुरक्षा आवश्यकतामा योगदान गर्न आफूहरू तयार रहेको बताएकी छन् । 

चीनले प्रशान्त क्षेत्रका टापुराष्ट्रहरूसँग सुरक्षा सम्झौता गर्न लागेको समाचार आएपछि आर्डर्नको प्रतिक्रिया आएको हो । 

अमेरिका भ्रमणमा रहेकी आर्डर्नले प्रशान्त क्षेत्र आफ्नो सुरक्षा आवश्यकतालाई आन्तरिक रूपमा सम्बोधन गर्न सक्षम रहेको बताइन् । चीनले यसमा हस्तक्षेप गर्न नहुने उनको आशय हो । 

‘प्रशान्त हाम्रो घर हो । प्रशान्तलाई हामी आफ्नो परिवार मान्छौं र आवश्यकता परेको ठाउँमा हामी सम्बोधन गर्नेछौं,’ उनले भनिन् । 

अस्ट्ेलियाकी नयाँ परराष्ट्रमन्त्री पेन्नी वोङ बिहीवार फिजी गएकी छन् । प्रशान्त क्षेत्रका मुलुकहरूसँग अस्ट्रेलियाको सम्बन्ध गहिरो बनाउने उनको निश्चय यसबाट देखिन्छ ।

न्युजील्यान्डकी परराष्ट्रमन्त्री नानाइया माहुताले प्रशान्त क्षेत्रका मुलुकको भ्रमण गर्ने एजेन्डा छैन तर उनले भर्चुअल बैठक गरिसकेकी छन् । उनी सन् २०२२ को आरम्भतिर फिजी पनि गएकी थिइन् । 

salt training

कमेन्ट गर्नुहोस्