
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा विदेशी नागरिकले ५० प्रतिशत छात्रवृत्तिमा एमबीबीएस अध्ययन गर्न पाउने कोटामा भर्ना गरिदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई प्रकाउ गरेको छ ।
प्रहरीले अछाम मंगलसेन नगरपालिका-२ बस्ने चक्र बहादुर बिकलाई बुधवार पक्राउ गरेको हो ।
आफुलाई वीर अस्पताल र त्रिवि शिक्षण अस्पताल महाराजगंज काठमाडौंमा कार्यरत एमबीबीएस/ एमएस कन्सल्टेन्ट न्यूरोसर्जन डा.दिपक बिसी हुँ भनी चिनाउने विकले छात्रवृत्तिमा एमबीबीएस अध्ययन गर्न पाउने कोटामा ३० लाख रुपैयाँ लिई भर्ना गरिदिन्छु भनी विश्वासमा पारी पीडितबाट पटक पटक गरी नगद १७ लाख रूपैयाँ लिएको प्रहरीले जनाएको छ ।
सूचनाको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।