
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा २ घण्टादेखि सम्बोधन गरिरहेका छन् ।
बिहीवार बसेको प्रतिनिधिसभा बैठकमा ओलीले बिहान ११ बजेर १० मिनेटदेखि सम्बोधन शुरू गरेका हुन् ।
दिउँसो १ बजेर २० मिनेटसम्म ओलीले सम्बोधन गरिरहेका छन् । ओलीले सरकारका नीति तथा कार्यक्रमका केस्राकेस्राको चिरफार गर्दै आलोचना गरेका छन् ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरू संसदको बैठकमा सहभागी छन् ।
विपक्षी दलका नेताले सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थित हुने संसदीय परम्परा हो । स्वास्थ्यका कारण भन्दै ओलीले कुर्सीमा बसेर संसदको रोस्टमबाट सम्बोधन गरिरहेका छन् ।