
पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार सार्वजनिक गरेको विवरणअनुसार ३ हजार ६२८ जनामा परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना निको भएर थप १३ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १२९ रहेको छ ।