२४ असार २०८३, बुधबार

करार अवधि थप्न ३ लाख घुस लिएको आरोपमा प्रधानाध्यापकविरुद्ध मुद्दा दर्ता

करार अवधि थप्न ३ लाख घुस लिएको आरोपमा प्रधानाध्यापकविरुद्ध मुद्दा दर्ता

करार सेवा अवधि थप गरिदिने भन्दै ३ लाख रुपैयाँ घुस लिएका एक प्रधानाध्यापकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीवार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । 

रौतहटको विश्वेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय जोकाहा, घिउराका प्रधानाध्यापक राकेश कुमार ठाकुर र दिपेन्द्र सर्जिकल पसलका सञ्चालक दिपेन्द्र कुमार झाउपर घुस लिएर भ्रष्टाचार गरेको भन्दै अख्तियारले बिहीवार मुद्दा दर्ता गरेको हो ।

घुस रकमसहित पक्राउ परेका दिपेन्द्र सर्जिकल पसलका सञ्चालक दिपेन्द्र कुमार झाले प्रधानाध्यापक राकेश कुमार ठाकुरले लिन लगाएबमोजिम घुस लिने/दिने कार्यमा संलग्नता जनाएकाले उनीविरुद्ध पनि भ्रष्टाचारको मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्