३० असार २०८३, मंगलबार

आज पानी पर्ला ?

आज पानी पर्ला ?

आज बिहानैदेखि मौसम केही सफा देखिएको छ ।

स्थानीय वायु, भारतको विहारको आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव नेपालमा रहेकाले मौसममा बदली भने आउने मौसम विभागले जनाएको छ ।

विभागका अनुसार शुक्रवार दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि  सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

देशका पहाडी भू-भागका केही स्थानगरूमा  मेघ गर्जन तथा चट्याङ्ग र  हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

शुक्रवार राति मधेस प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि  सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। 

प्रदेश १, मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा  मेघ गर्जन तथा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।

salt training

कमेन्ट गर्नुहोस्