
रूपन्देहीको तिलोत्तमा भलवारीस्थित नेपाल आयल निगमको क्षेत्रीय डिपोबाट इन्धन लोड गरी हिँड्न लागेका दुईवटा टयांकरमा आगलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले आगलागी नियन्त्रणको प्रयास जारी रहेको बताए ।
आगो नियन्त्रणको लागि ३ वटा दमकल घटनास्थलमा पुगेका छन् ।
पौडेलले बुटवल, तिलोत्तमा र सिद्धार्थनगरका दमकलले आगो नियन्त्रणको प्रयास जारी राखेको बताए ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।