२८ जेठ २०८३, बिहीबार
संसद् बैठक

ओलीले २ पटक विघटन गर्न खोजेको संसद बचाएर संविधानको रक्षा गर्‍यौँ- प्रधानमन्त्री देउवा

ओलीले २ पटक विघटन गर्न खोजेको संसद बचाएर संविधानको रक्षा गर्‍यौँ- प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको रक्षा गर्न आफूहरू सफल भएको बताएका छन् । 

शनिवार संसदमा बैठकमा सम्बोधन गर्दै देउवाले भने, ‘हाम्रो प्रयासबाट संविधानको रक्षा भएको छ ।’

उनले यसअघि २ पटकसम्म पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गर्न खोजेको संसदलाई बचाएको र संविधानको रक्षा गरेको उल्लेख गरेका छन् । लामो समयदेखि जारी संसदको अवरोध हटाएर नियमित रूपमा चल्न दिएकोमा प्रमुख प्रतिपक्षीलाई प्रधानमन्त्री देउवाले धन्यवाद पनि दिए ।

देशभर एकैपटक निर्वाचन गर्न सक्नुलाई उनले अहिलेको सरकारको सफलता भएको बताए । चुनाव सकेर निर्वाचित जनप्रतिनिधिले काम गर्न थालिसकेको उनको भनाइ छ । 

आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमले अर्थतन्त्रको सकारात्मक बाटोतर्फ लैजान सक्ने पनि उनले बताए । कोभिड-१९ को महामारीपछि अर्थतन्त्र सामान्य हुँदै गएको भए पनि युक्रेन-रसिया युद्धले नेपाली अर्थतन्त्रमा बाह्य चाप परेको उनले बताए । 

'नीति तथा कार्यक्रमले हालसम्मको प्राप्त उपलब्धिलाई संरक्षण गर्दै थप आर्थिक स्थायित्वतर्फ केन्द्रित भएको छ,' उनले भने, 'कार्यक्रमले तरलता व्यवस्थापनमा विशेष ध्यान दिएको छ भने सामाजिक सुरक्षाका कार्यक्रमलाई प्रभावकारी बनाउने भएको छ ।' 

salt training

कमेन्ट गर्नुहोस्