२४ जेठ २०८३, आइतबार

देउवालाई लालबाबु पण्डितको प्रश्न– दुई दिन विदा कसको फाइदाका लागि गरिएको हो ?

देउवालाई लालबाबु पण्डितको प्रश्न– दुई दिन विदा कसको फाइदाका लागि गरिएको हो ?

नेकपा एमालेका सांसद एवं पूर्व मन्त्री लालबाबु पण्डितले सातामा दुइ दिन सार्वजनिक विदा दिने निर्णय कसको फाइदाको लागि गरिएको भनेर प्रश्न गरेका छन् । 

सरकारका नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको जवाफका क्रममा शनिवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासँग पुरक प्रश्न गर्दै पण्डितले सार्वजनिक विदाबारे प्रश्न गरेका हुन् । 

‘सरकारको सेवा प्रवाह जनमुखी नभइरहेको सन्दर्भमा हप्ताको दुईदिन विदा दिने निर्णय कसको फाइदाका निम्ती लागि किन गरिएको हो ? नेपालमा यसैपनि बढी विदा भएर जनताले सेवा प्रवाहमा कठिनाइ भोग्नु परेको छ’ पुरक प्रश्न सोध्ने क्रममा पण्डितले भने । 

उनले राज्य व्यबस्था समितिबाट पारित भएर संसदमा आएको संघीय निजामति विधेयक किन फिर्ता गरियो भनेर प्रधानमन्त्रीसँग प्रश्न गरे ।

salt training

कमेन्ट गर्नुहोस्