२२ असार २०८३, सोमबार

माछापुच्छ्रे बैंकद्वारा मानव कल्याण समाजलाई सहयोग

माछापुच्छ्रे बैंकद्वारा मानव कल्याण समाजलाई सहयोग

माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चाँगुनारायण ०३ भक्तपुरमा अवस्थित मानव कल्याण समाज नामक संस्थालाई बीस थान वेड सिट लगायतका सामान हस्तान्तरण गरेको छ । 

बैंकले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका बाग्मती प्रदेशका उपप्रमुख टिका ओझा र कमलविनायक शाखा प्रमुख उज्ज्वल श्रेष्ठले उक्त सामानहरू हस्तान्तरण गरेका थिए  । 

मानव कल्याण समाजले बेवारिसे सडक मानवको रुपमा खुल्ला आकाशमुनि आफ्नो जीवन व्यतित गरिरहेका विभिन्न उमेर समुहका वृद्ध देखि बालबालिका, शारिरिक रुपमा अशक्त व्यक्तिहरूलाई उद्धार गरि उनीहरुको संरक्षण गर्दै आएको छ । 

मानव कल्याण समाजले हाल देशका विभिन्न स्थानमा रहेका ५ वटा शाखाबाट २०० जना भन्दा बढीलाई गाँस, बास ,कपास तथा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । 

विभिन्न संघ संस्था एवं व्यक्तिहरुले स्वेच्छिक रुपमा प्रदान गर्दै आएको सहयोगबाट संचालन भइरहेको मानव कल्याण समाजलाई बैंकले आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोग गरेको हो । 

यसअघि पनि बैंकले सामाजिक कार्यमा संलग्न विभिन्न संघसंस्थाहरूलाई सहयोग गर्दै आएको छ ।  


 

salt training

कमेन्ट गर्नुहोस्