
सरकारले आगामी आर्थिक वर्षदेखि विदेशीलाई अपार्टमेन्ट बेच्न पाइने व्यवस्था गरेको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत यो व्यस्था गरेको हो ।
एक सयभन्दा बढी युनिटका अपार्टमेन्टले २० प्रतिशत विदेशीलाई दिने पाइने व्यवस्था गरेको छ ।
यो व्यवस्थाले अब विदेशी नागरिकले पनि नेपालमा अपार्टमेन्टका युनिट किनेर बस्न पाउने भएका छन् ।