
सरकारले आगामी आर्थिक वर्षबाट मिर्गौला प्रत्यारोपन गरेका तथा डाइलासिस गराइरहेका व्यक्तिहरूलाई औषधि उपचार खर्चका लागि मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिएको छ ।
अघिल्लो सरकारले यस्ता विरामीलाई उपचार खर्च दिने व्यवस्था गरेको थियो ।
त्यसैगरी, सबै किसिमका क्यान्सर रोग निदान भएका व्यक्ति र मेरुदण्ड पक्षघात भएका विरामीलाई पनि औधषी उपचार खर्च स्वरुप मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।
शर्माले आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गर्दै यस्ता विरामीलाई औषधी उपचार खर्च उपलब्ध गराउनको लागि १ अर्ब ५० करोड विनियोजन गरेको बताएका छन् ।