३२ असार २०८३, बिहीबार

शिद्धबाबा सुरुङमार्गको निर्माण कार्य शुरू हुने

शिद्धबाबा सुरुङमार्गको निर्माण कार्य शुरू हुने
फाइल तस्वीर।

सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने पाल्पाको शिद्धबाबामा यसै वर्षदेखि सुरूङमार्ग निर्माण कार्य शुरु हुने भएको छ । 

अर्थमन्त्री जनार्दन शर्माले आइतवार संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै शिद्धबाबा सुरुङमार्ग यसै आर्थिक वर्षबाट निर्माण शुरू हुने बताएका हुन् । 

१२ महिनै पहिरो जाने शिद्धबाबा क्षेत्रले मृत्युमार्गको उपमासमेत पाएको छ । त्यस्तै बर्दघाट दुम्कीबास सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने भएको छ । त्यसका लागि पनि सरकारले बजेट विनियोजन गरेको छ । 

शिद्धबाबामा सुरुङमार्गको योजनाकार पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्