२९ जेठ २०८३, शुक्रबार

सरकारले सार्वजनिक गर्‍यो करीब ५ खर्ब घाटाको बजेट

सरकारले सार्वजनिक गर्‍यो करीब ५ खर्ब घाटाको बजेट

सरकारले आगामी आर्थिक वर्षको लागि ४ खर्ब ९८ अर्ब घाटाको बजेट सार्वजनिक गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतवार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/८० मा आम्दानी भन्दा खर्च बढी गर्ने गरी बजेट ल्याएको  छ ।

बजेटको स्रोतमा राजस्वबाट १२ खर्ब ४० अर्ब ११ करोड रुपैयाँ र वैदेशिक अनुदान ५५ अर्ब ४६ करोड रुपैयाँ उठाउने लक्ष्य राखिएको छ ।

बजेटमा जुट्ने स्रोतमा अपुग रकम ४ खर्ब ९८ अर्ब नै बजेट घाटा हो । यसरी अपुग भएको स्रोतमा वैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब र २ खर्ब ५६ अर्ब आन्तरिकबाट उठाइने लक्ष्य सरकारले सार्वजनिक गरेको छ । 

यस्तो बजेट घाटा चालू आवमा पनि ५ खर्ब ५९ अर्ब ३० करोड रुपैयाँ रहेको छ  

सरकारले ल्याएको यस्तो बजेटमा चालु तर्फ ७ खर्ब ५३ अर्ब ४० करोड विनियोजन गरिएको छ । यो रकम कुल बजेटको ४२ प्रतिशत हो भने पुँजीगत तर्फ ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरेको छ । पुँजीगत खर्चतर्फको यो बजेट कुल बजेटको २१.२ प्रतिशत रहेको छ । 

सरकारले आगामी आवको बजेटका लागि वित्तीय व्यवस्थापन तर्फ २ खर्ब ३० अर्ब २२ करोड अर्थात १२.८ प्रतिशत बजेट विनियोजन गरेको छ । प्रदेश तथा स्थानीय तहमा जाने विभिन्न शीर्षकको अनुदान तर्फको यस्तो रकम २४ प्रतिशत छ । प्रदेश तथा स्थानी तहमा सरकाले ४ खर्ब २९ अर्ब रुपैयाँ विनियोजन गरेको पनि अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।

सरकारले चालू आवको तुलनामा १ खर्ब ६१ अर्ब रुपैयाँ बढीको बजेट सार्वजनिक गरेको छ ।  

यो वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । यो बजेट गत वर्षको भन्दा १ खर्ब ६१ अर्ब रुपैयाँले बढी हो । गत वर्ष सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्