काठमाडौं, १९ पुस - रंगकर्मी तथा चर्चित टेलिश्रृंखला तितोसत्यका कलाकार विष्णुभक्त फुयाँलको निधन भएको छ । उनको राष्ट्रिय नाचघरमा नाटकमा अभिनय गर्दा गर्दै निधन भएको हो ।

महर्षि याज्ञबल्क्यमा राजा जनकको भूमिकामा अभिनय गर्दै गर्दा उनी एकाएक ढल्न पुगेका थिए भने उपचारका लागि वीर अस्पतालमा लगिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको हो ।
कलाकार समन्वय संघको नेपालका महासचिव राधाकृष्ण आचार्यले नाटकको डाइलग बोल्दै गर्दा फुयाँल भूईमा ढल्न पुगेको र वीरअस्पतालमा उपचारको क्रममा निधन भएको लोकान्तरलाई बताए ।
उनका अनुसार फुयाँलको पार्थिव शरीरलाई अहिले अस्पतालमै राखिएको छ ।
उनको पार्थिव शरीरलाई भोलि बिहान ११ बजेदेखि २ बजेसम्म प्रज्ञा प्रतिष्ठानमा राखिने र त्यसपछि अन्त्येष्टि गर्ने तयारी गरिएको छ ।