११ साउन २०८३, सोमबार

युक्रेनमा लड्न गएका विदेशी लडाकूहरूले सुनाए निराशाको कथा

जेठ १६, २०७९
युक्रेनमा लड्न गएका विदेशी लडाकूहरूले सुनाए निराशाको कथा

युक्रेनमा रुसविरुद्ध लड्न गएका विदेशी लडाकूहरूले त्यहाँ बिजोक अवस्था बेहोर्नुपरेको द वाशिङटन पोस्टका संवाददातालाई बताएका छन् । 

अहिले सुरक्षित रूपमा युक्रेनबाट निकालिएका ती लडाकूहरूका अनुसार, कमान्डरहरूले उनीहरूलाई जेभलिन एन्टी ट्यांक सिस्टम दिँदै युक्रेनी सैनिकलाई त्यो हतियार चलाउन सिकाउन लगाएका थिए । तर ती हतियार चलाउने ब्याट्री नै उपलब्ध थिएनन् । 

उनीहरूको संवाद रुसी सशस्त्र बलहरूले सुनेका थिए । ह्वाट्सयाप मेसेन्जरहरूमा गरिएको संवाद ह्याक भएकाले रुसीहरूले विदेशी लडाकूको पोजिसन पत्ता लगाएर आर्टिलरी प्रहार गर्ने गरेका थिए । 

विदेशी लडाकूहरूले रुसी सेना कहाँ छन् र कहाँ तैनाथ छन् भन्ने थाहा पाएनन् । उनीहरूलाई लडाइँमा आवश्यक सैन्य उपकरण, हतियार र पर्याप्त गोलीगट्ठा उपलब्ध गराइएन । 

निराश भएका २० जना लडाकूहरूमध्ये आठजना आफ्नो पोस्ट छोडेर भागे । एकजनाले आफ्नो मशिनगन भाँचे अनि अर्काले चोट लागेको नाटक गरे ।

युक्रेनी भूमिमा भएको लडाइँका विषयमा राखिएको अपेक्षा तथा त्यहाँको वास्तविक स्थितिका बीचमा रहेको भिन्नताले विदेशी लडाकूहरूलाई निराश बनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्