
भारतको दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्येन्द्र जैन पक्राउ परेका छन् । मन्त्री जैन सम्पत्ति शुद्धीकरण मुद्धामा पक्राउ परेको समाचारमा जनाइएको छ । उनी सन् २०१५ देखि सन् २०१६ मा कोलकाताको एक फर्मसँग हवाला लेनदेनमा संलग्न थिए ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)ले जैन र उनको परिवारविरुद्ध अगस्ट २०१७ मा १ दशमलब ६२ करोड भारुसम्मको सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको थियो ।
यसैबीच दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोडियाले एक ट्वीटमा हिमाञ्चल प्रदेशमा आगामी चुनावलाई प्रभावित गर्ने उद्देश्यले जैनलाई गिरफ्तार गरिएको आरोप लगाएका छन् । जैन हिमाञ्चल प्रदेशका आम आदमीका इन्चार्ज हुन् ।