२५ असार २०८३, बिहीबार

महिलालाई जिउँदै जलाएर हत्या,  देवर पक्राउ

महिलालाई जिउँदै जलाएर हत्या,  देवर पक्राउ

सप्तरीमा एक महिलालाई जिउँदै जलाएर हत्या गरेका अभियोगमा उनकै देवर सोमबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा बोदे बर्साइन नगरपालिका–१ धनगढीका २१ वर्षीय परमेश्वर साह रहेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ 

घटनापछि फरार रहेका आरोपित केही दिनदेखि घरमै बस्न थालेको सूचना पाएपछि  प्रहरीले परमेश्वरलाई पक्राउ गरेको जनाइएको छ । उनलाई गत माघ २१ गते खाना पकाइरहेकी  २७ वर्षीया राजकुमारी साहलाई शरीरमा पेट्रोल छर्केर आगो लगाएको अभियोग लगाइएको  छ । आगोमा जलेर गम्भीर घाइते भएकी राजकुमारीको उपचारका क्रममा माघ २२ गते विराटनगरमा मृत्यु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्