×

NMB BANK
NIC ASIA

संसदमा बजेट छलफल

बजेटमाथि विष्णु पौडेलको टिप्पणी : अर्थतन्त्रलाई उल्टो यात्रामा लैजाने गरी आएको निबन्ध

जेठ १७, २०७९

NTC
Premier Steels

पूर्व अर्थमन्त्री, सांसद तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको आगामी आर्थिक वर्षको बजेट नेपालको अर्थतन्त्रलाई उल्टो यात्रामा लैजाने निबन्धरूपी भएको टिप्पणी गरेका छन् ।

Muktinath Bank

मंगलवारबाट संसदमा शुरू भएको बजेटमाथिको छलफलमा सहभागी हुँदै पौडेलले सरकारले आधार विनाका काल्पनिक योजना अघि सारेको बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संकटको डिलमा पुगेको अर्थतन्त्रलाई सामान्य अवस्थामा फर्काउने सोच बजेटमा नदेखिएको उनले बताए । 


Advertisment
Nabil box
Kumari

‘कोशी र कणाली नदीलाई जोड्ने विषय जस्ता असान्दर्भिक योजना बजेटमा समावेश भएका छन् । चतराबाट सगरमाथा र मिर्चैयाबाट लुक्ला हुँदै सगरमाथा जाने द्रूतमार्ग निजी क्षेत्रको लगानीमा बनाउने भनिएको छ । निजी क्षेत्रले सगरमाथा जाने द्रूतमार्ग बनाइदिन्छ भनेर बस्ने हो ?’ पौडेलले भने, ‘सस्तो लोकप्रियताको कुरा बजेटमा गरिएको छ ।’

Vianet communication

कृषि कर्जा गराउनका लागि ५ अर्बको कोष बनाउने भनिएको तर त्यसको स्रोत भने यकिन नभएकाले यस्तो व्यवस्था काल्पनिक मात्रै भएको उनले बताए । 

सरकारले आफ्ना योजना आफैं छान्न पाउने प्रदेशको अधिकार कटौती गरेर थोरै पैसा र योजनाको लिस्ट केन्द्रबाट प्रदेशमा पठाउने योजनासहित साना योजना प्रदेशमा पठाउने नीति लिएको पनि पौडेलले बताए । ‘यो स्रोतको अपव्यय मात्रै हो । केन्द्रबाट लादिएको कार्यक्रम प्रदेशमा प्रभावकारी हुँदैन,’ उनले भने । 

बजेटमा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमलाई क्रमशः विस्थापित गर्ने र आत्मनिर्भरताका लागि कृषि उत्पादन कार्यक्रम अघि सार्ने योजना आएको उनले बताए । ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमको बजेट घटाएर आत्मनिर्भरताका लागि कृषि उत्पादन कार्यक्रममा प्रशस्त पैसा छुट्याइएको छ । यसले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमलाई विस्थापित गर्ने योजना रहेको देखिन्छ,’ पौडेलले भने । 

बजेट वितरणमुखी भएको भन्दै पौडेलले भने, ‘यति धेरै वितरणमुखी कार्यक्रम अघि सार्न सक्ने सरकारले सामाजिक सुरक्षा भत्ता ५ हजार किन नपुर्‍याएको ? तलब वृद्धि, सुविधा वृद्धिमा प्रगतिशिल प्रणाली अवलम्बन गरिएको हुन्छ तर अहिले तलब वृद्धि गर्ने बजेटको व्यवस्थाले न्यून तलब लिने कर्मचारीलाई कसरी राहत मिल्छ ?’

विद्युतीय सवारीलाई सरकारले फूटबल बनाएको पौडेलले टिप्पणी गरेका छन् । विद्युतीय सवारीमा अन्तशुल्क र कर लगाउने गलत निर्णय बजेटमा राखेर गल्ती गरेको उनले बताए । 

त्यसैगरी, इन्डक्सन चुह्लोका लागि पूर्वाधार तयार नगरी सूचीकृत अर्बपतिहरूलाई पनि निःशुल्क इन्डक्सन चुह्लो दिने कार्यक्रम बजेटमा आएको पौडेलले संसदमा टिप्पणी गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x