०१ साउन २०८३, शुक्रबार

फ्रेन्च ओपनबाट बाहिरिएपछि महिला खेलाडीले पोखिन् पीडा, ‘म केटा भइदिएको भए...’

जेठ १७, २०७९
फ्रेन्च ओपनबाट बाहिरिएपछि महिला खेलाडीले पोखिन् पीडा, ‘म केटा भइदिएको भए...’

पहिलोपटक फ्रेन्च ओपन खेलिरहेकी १९ वर्षीया चिनियाँ खेलाडी चङ छिनवन चौथो चरणबाट बाहिरिएकी छन् । 

विश्व नम्बर १ खेलाडी इगा स्वानटेकले चङलाई ६–७ ६–० ६–२ को सेटमा हराएकी हुन् । 

आफू रजस्वला भएकाले पीडाका कारण राम्रोसँग खेल्न नपाएकाले हारेको चङ बताउँछिन् । उनले भनिन्, ‘म केटा भइदिएको भए रजस्वला हुनुपर्दैनथियो ।’

पहिलो सेटमा स्वानटेकलाई कडा चुनौती दिँदै जितेको भए पनि चङ त्यसपछिका दुई सेटमा कमजोर साबित भइन् । 

म्याचको बीचमा उनलाई उपचार समेत आवश्यक परेको थियो । 

रजस्वलाको पहिलो दिन भएकाले खेल्न कठिनाइ आएको उनले बताइन् । पेट दुखेर असह्य भएकाले खेल्न गाह्रो परेको उनको भनाइ छ । ‘म प्रकृतिविरुद्ध जान सक्दिनथिएँ । पुरुष भएको भए यो समस्या आउने थिएन,’ उनले बताइन् ।

स्वानटेकले खेल जितेपछि चङको प्रशंसा गरिन् । 
 

salt training

कमेन्ट गर्नुहोस्