०५ साउन २०८३, मंगलबार

आईजीपी नियुक्ति विवादको मुद्दामा सुनवाइ सकियो

आईजीपी नियुक्ति विवादको मुद्दामा सुनवाइ सकियो

सर्वोच्च अदालतमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) नियुक्ति विरुद्धको मुद्दामा सुनुवाइ सम्पन्न भएको छ । 

न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुडालको इजलासमा सुनुवाइ भएको हो ।
 
प्रहरी नायब महानिरीक्षकबाट अतिरिक्त महानिरीक्षक बढुवाविरुद्ध परेको रिट निवेदनलाई साथै राखेर सुनुवाइका लागि मंगलवार पेशी तोकिएको थियो । यसअघि न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले गत वैशाख २२ गते मुद्दाको अन्तिम सुनुवाइ मंगलवारदेखि हुने आदेश दिएको थियो ।

इजलासले सरकारका तर्फबाट अन्तिम सुनुवाइका लागि लिखित जवाफ माग गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । आदेशमा तोकिएको दिनमा नै अन्तिम सुनुवाइ गरिने र मिति सार्न नपाइने उल्लेख थियो । सोही आदेशअनुसार मंगलवार सुनुवाइ भएको छ ।

सरकारले आईजीपीमा धिरजप्रताप सिंहलाई बढुवा गरेपछि एआईजी विश्वराज पोखरेलले बढुवाका लागि आफू योग्य भएको तर सरकारले वरिष्ठता क्रममा तेस्रो व्यक्तिलाई बढुवा गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्