०४ साउन २०८३, सोमबार

काठमाडौंका मेयर बालेन्द्रले एमाले अध्यक्ष ओलीलाई भेटेको तस्वीर सार्वजनिक

काठमाडौंका मेयर बालेन्द्रले एमाले अध्यक्ष ओलीलाई भेटेको तस्वीर सार्वजनिक

स्वतन्त्रबाट उम्मेदवारी दिएर काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन्द्र शाहले केही दिनअघि नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको तस्वीर सार्वजनिक भएको छ ।

मेयर शाहले सोमवार पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गरिसकेका छन् ।

प्रतिनिधि सभामा नेकपा एमालेकी सचेतक शान्ता चौधरीले मंगलवार सामाजिक सञ्जाल फेसबूकमार्फत बालेन्द्रले ओलीलाई भेटेको तस्वीर सार्वजनिक गरेकी छन् ।

उनले तस्वीरसँगै लेखेकी छन्, ‘अर्थपूर्ण भेट । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीज्यू र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच भेट, ओली निवास, बालकोट, भक्तपुर । फेरि पनि बधाई छ बालेनजी ।’

salt training

कमेन्ट गर्नुहोस्