
नेकपा माओवादी केन्द्रको पूर्वस्थायी समितिका सदस्यहरूको बैठक आइतबारका लागि बोलाइएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बैठक बिहान साढे ८ बजे बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।
बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, पार्टी पदाधिकारीलाई पूर्णतालगायत एजेन्डाबारे छलफल हुने भएको छ ।
यसअघि शनिबारका लागि तय भएर स्थागित भएको बैठक आजका लागि सारिएको थियो ।