×

NMB BANK
NIC ASIA

रूपन्देही बस दुर्घटनाः यी दुई साथी जसले हाम फालेर आफूसँगै बालकलाई पनि जोगाए

जेठ २२, २०७९

NTC
Premier Steels

आइतवार बिहानै रुपन्देहीको रोहणी नदीमा यात्रुवाहक बस दुर्घटना भयो । दुर्घटनामा ९ जनाको मृत्यु भयो भने २३ जना घाइते भए । घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर छ । 

Muktinath Bank

गाडी गन्तव्य आउन तीन किलोमिटर मात्रै बाँकी छँदा दुर्घटना भएको हो । ३३ यात्रु बोकेर जनकपुरबाट भैरहवा आइपुग्नै लाग्दा बस एक्कासि रोहणी नदीको पुलबाट रेलिङ भाँचेर नदीमा खसेको प्रहरीले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो दुर्घटनामा दुई युवा र एक बालकले भने भाग्यवश आफ्नो ज्यान जोगाउन सफल भए । उनीहरूलाई सामान्य मात्रै चोट लागेको छ । 


Advertisment
Nabil box
Kumari

बारा सिमराका रोहन चौधरी र धनुषाको हंसपुर नगरपालिका–३ का मुफिद मन्सुरले बसबाट हाम फालेर ज्यान जोगाएका हुन् । बालकको भने नाम खुलेको छैन । 

Vianet communication

सबै यात्रु निदाएका बेला उनीहरू भने ब्युँझिएका थिए । बसले आफ्नो लेन छाडेर पुलको रेलिङ भाँच्दै पल्टिँदा उनीहरू बसको सिसा फोडेर बाहिर निस्के । 

‘मेरो छेउमा एकजना साथी थियो, उसले र मैले बसको सिसा फोडेर बाहिर निस्क्यौं,’ भैरहवास्थित भीम अस्पतालमा उपचाररत चौधरीले भने, ‘हामी दुई साथी सिसा फोडेर बाहिर निस्कँदै गर्दा एकजना सानो बालकलाई पनि झ्यालबाट तानेर बाहिर निकाल्यौं ।’ उनीहरू दुवै जना बसको अन्तिम सिटमा बसेका थिए । 

दुवै जनाको खुट्टा र टाउकोमा सामान्य चोट लागेको छ । ‘सिसा फोडेर बाहिर निस्केपछि शरीरले काम नगरेजस्तो भयो, अनि नदी छेउको बगरको बालुवामा म, साथी र ती सानो बालक पल्टियौँ । केहीबेरमा प्रहरी आएर उद्धार गरेर अस्पताल ल्याएको हो ।’ उनले बालकलाई प्रहरीले लगेकाले आफूलाई नाम थाहा नभएको बताए । के–कति कारणले बस दुर्घटना भयो भन्ने जानकारी पनि नभएको उनको भनाइ छ । 

बुटवलको एक ग्यारेजमा काम गर्दै आएका उनीहरू बुटवल आउँदै थिए । 

मन्सुरको पनि भीम अस्पतालमा उपचार भइरहेको छ । निद्रामा भएकाले बस दुर्घटना पर्नुको कारण थाहा नभएको उनले सुनाए । मन्सुरको पनि हात, खुट्टा र टाउकामा सामान्य चोट लागेको छ । 

पश्चिम नेपाल प्रालिको लु २ ख ३८४१ नम्बरको उक्त यात्रुवाहक बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अहिलेसम्म ५ जनाको पहिचान खुलेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x