१७ असार २०८३, बुधबार

बागमतीका कृषकले दूधको अनुदान असारभित्रै पाउने

बागमतीका कृषकले दूधको अनुदान असारभित्रै पाउने
प्रतिनिधिमूलक तस्वीर।

बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दूध र पशु स्रोत केन्द्रलाई विनियोजन गरेको अनुदान रकम आगामी असारभित्र नै उपलब्ध गराउने गरी काम अघि बढाएको छ । 

पशुपक्षी तथा मत्स्यविकास निर्देशनालयमार्फत दिइने सो अनुदानबाट प्रदेशभित्रका एक लाखभन्दा बढी कृषक प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् । 

मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेका अनुसार दूधको अनुदानका लागि १६ करोड र पशु स्रोत केन्द्रका लागि एक करोड ६० लाख अनुदान रकम विनियोजन गरिएको छ । 

आइतवार पत्रकारसँग कुरा गर्दै पाण्डेले भने, 'असारभित्रै हामी अनुदान रकम बाँड्ने गरी काम गर्दैछौँ ।' निर्देशनालयमा रहेका केही कर्मचारीले प्रक्रिया अघि नबढाएपछि कृषकको चौतर्फी दबाब परेको थियो ।  

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर बगालेका अनुसार निर्देशनालयका कर्मचारीले काम नगरेका कारण प्रक्रिया अघि बढ्न ढिला भएको थियो । 

काम नगर्ने कर्मचारीलाई सरुवा गरेर अन्य कर्मचारी पठाउन दबाब दिएकै कारण निर्देशनालयले काम अघि बढाएको उनले बताए । 

दूध अनुदानमा गत वर्ष चितवनका किसानले आठ करोड रूपैयाँ पाएका थिए । 

चितवनमा यस वर्ष १०४ सहकारी संस्थाले अनुदानका लागि आवेदन दिएका छन् । - रासस

salt training

कमेन्ट गर्नुहोस्