०६ असार २०८३, शनिबार

अर्काको नाममा परीक्षा दिइरहेका एक जना पक्राउ

अर्काको नाममा परीक्षा दिइरहेका एक जना पक्राउ

धनुषा, जनकपुर उपमहानगरपालिका-४,  मिथिला इन्स्टिच्युट अफ टेक्नोलोजी क्याम्पस जनकपुरमा अर्काको नाममा परीक्षा दिइरहेका एक जना पक्राउ परेका छन् । प्रहरीले मिथिला नगरपालिका-३ बस्ने १९ वर्षीय कुलदिप महतोलाई आइतवार बिहान पक्राउ गरेको हो । 

उक्त क्याम्पसमा सञ्चालन भइरहेको कक्षा १२ को अर्थशास्त्र विषयको परीक्षामा मिथिला नगरपालिका-३ बस्ने नन्दकिशोर महतोको नाममा कुलदिपले परीक्षा दिइरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले  जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्